राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल हुनुभयको छ । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत वहाको स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किदै हुनुहुन्छ । वहाले सामाजिक सञ्जालमा लेख्नु भयको छ।– ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा […]

भेरी अस्पतालमा बारम बार बिरामीलाई एम्बुलेन्स चालक आयर लखनउ उपचार गर्न फकाउने ,लल्चाउने र अन्तमा बिमारीलाई मोटो रकम बिल निकालेर लुटिने कुराहरु खुलेको हुनाले।केही नेपालगन्जका मेडिकल माफिया विरुद्ध आज एक निर्णय भयको छ । राती २ बजे देखि ४ बजे सम्म बिमामिलाई राता रात छिमेकी रास्ट्र लखनउ पुराउने कुरा आइरहन्छन् । एम्बुलेन्सहरु अब भेरी अस्पताल […]

‘यातायात कार्यालय नेपालगन्जबाट सर्दैन’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री मा. प्रचण्ड विक्रम न्यौपानेले नेपालगञ्जस्थित यातायात कार्यालय नसर्ने स्पष्ट पार्नु भएको छ । नगर प्रमुख/उपप्रमुख लगायत नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आज उपमहानगरपालिका कार्यालयमै भएको भेटमा मन्त्री न्यौपानेले कार्यालय सार्ने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । मन्त्री न्यौपानेले पुस महिनाभित्र कुनै एक संघीय वा प्रदेश कार्यालयमै […]

पटकपटक मन्त्री बनिसकेका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन् । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद फैसला सुनाएपछि मनाङे मोबाइल अफ गरेर सम्पर्कविहीन भएका हुन् ।श्रोत ताजा खबर

यस वर्ष पनि बाँकेमा भब्य र्‍याली सहित नेपाल सम्वत ११४५ मनाईने नेपाल सम्वत ११४५को अवसरमा बाँकेमा भब्य र्‍याली ११ कात्तिक, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि बाँकेमा नेपाल सम्वत धुमधामका साथ मनाईने भएको छ । नयाँ वर्ष नेपाल सम्वत ११४५ को उपलक्ष्यमा कार्तिक १७ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्‍याली आयोजना गरिने […]

कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द ५ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा कात्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय […]

रास्वपाले पोखरामा गरिरहेको सडक प्रदर्शनीमा घुसपैठ भएको थाहा पाए पछि केहि भागेका र केहिले पिटाइ खान थाले पछि उद्दार गरिएको खबर सार्वजनिक भएको छ । घुसपैठ गर्न आएर प्रदर्शनी भड्काउन खोज्नेहरू भनेर आरोप लागेकाहरू प्रदर्शनीस्थलबाट भागेका छन् । श्रोत ताजा खबर

(कुवामा डुबेर एक जनाको मृत्यु) तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आइतबार बिहान कुवामा डुबेर मृत्यु भएको हो ।आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजू आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन् । […]

भोलिबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर ३० असोज, बाँके । बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो । कार्यक्रम संयोजक ब्रिजेश कुमार मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा […]