समाचार
बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ । […]
२३ असार, बाँके । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा ओमोडा ई-फाइभ अधिकारिक रुपमा सार्वजनिक गरिएको छ । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई-फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो । चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम […]
शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप अगाएकी छन । आज साँझ सामाजिक सञ्जाल मार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम उल्लेख गर्दै मन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा सरकार नै परिवर्तन गर्न खोजेको आरोप लगाएकी हुन् । उनले लेखेकी छन्, ‘आदरणीय केपि बा ! शिक्षकले […]
२० असार, बाँके । बाँकेको डुडुवा गाँउपालिका-६ शिखनपुरुवाबाट प्रतिवादीलाई पक्राउ गर्ने क्रममा ३ राउण्ड गोली चलाएको छ । डाँका चोरी मुद्दामा जिल्ला अदालत बाँकेको २०७० साल असार १८ गतेको फैसलाले ६ बर्ष कैद र बारा हजार जरिवाना तोकेका सरमान सिंह सरदारलाई आज बिहान करिब साढे ८ बजेको समयमा प्रहरीले नियन्त्रण लिने क्रममा स्थानीयले अवरोध गरेका थिए […]
सडक मार्ग प्रयोग गरेर दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जान लागेका यात्रुहरूले बसको अग्रिम टिकट बुकिङ गर्न तँछाडमछाड गरिरहनु परेको छ । तर, हवाई यात्रुका लागि भने टिकटको समस्या नभएको वायुसेवा कम्पनीहरु बताउँछन् । २६ असोज, काठमाडौं । नजिकिंदै गएको चाडपर्वलाई लक्षित गर्दै यात्रुहरुले आफ्नो गन्तव्यका लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् । यात्रुले सडक […]
नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग […]
नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले यू–१९ टिम गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । ‘नेपाली क्रिकेट टिमको इतिहास हेर्ने हो भने यू–१९ मा राम्रो गर्ने खेलाडीले नेपाली क्रिकेटमा लामो समय खेल्ने इतिहास […]
बालबालिकाहरु प्राय: रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् । सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु रुने, कराउने, हातपात गर्ने, अग्लो […]
बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ । चिनी कोकाकोला उत्पादन गर्ने […]
काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ । डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ । ‘तीन तल्लामध्ये पहिलो तल्लामा पार्किङ आइतबारदेखि खुलेको छ । बाँकी दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने भएकोले खुलाइएको छैन,’ महानगर नगर प्रहरी […]











