जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ । मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप […]

सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी क्षेत्रको नियमन गर्न दोस्रो तहको नियामक (सेकेन्ड टायर इन्स्टिच्युसन– एसटीआई) बनाउन प्रस्ताव गरेको छ । तर, वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूको नियमनका लागि केन्द्रीय बैंककै मातहतमा यस्तो संस्था गठन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास विपरीत कमजोर धरातलको संस्थागत संरचनाको प्रस्ताव प्रतिवेदनमा गरिएको छ । विगत अढाइ दशकदेखि बहसमा […]

दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ […]

अन्तिम रुप नै नपाएको संघीय निजामती विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेर ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाका भाग लिन अमेरिका उडे । न्यूयोर्कमा ६ दिन बिताएपछि प्रधानमन्त्री प्रचण्ड ५ असोजमा अमेरिकाबाटै चीन पुगे, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार ह्वाङ्झाउ र प्रधानमन्त्री लि छ्याङसँग सोमबार बेइजिङमा भेटवार्ता गरेपछि राजनीतिक भेटवार्ता सकिएको छ […]

आधुनिक जीवनमा नयाँ प्रविधिको बारेमा हामीले धेरै नयाँ कुराहरू सिक्नु पर्ने हुन्छ । नयाँ कुरा सिक्नको लागि मानिस सधैँ तत्पर हुन्छ । मानिसलाई नयाँ कुरा सिक्नको लागि के कुराले तत्पर गराउँछ ? मस्तिष्कले । मस्तिष्कसँग नयाँ परिस्थिति अनुसार आफूलाई अनुकूलन गर्ने र व्यवहार गर्ने क्षमता हुन्छ । यद्यपि, दैनिक घटनाहरूले पनि मस्तिष्कमा परिवर्तन ल्याउन सक्छ […]

१८ असोज, काठमाडौं । देशभरका मालपोत कार्यालयमा अधिकृतस्तरका कर्मचारीहरुको चरम अभाव देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मालपोत कार्यालयहरुमा ३ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ, तीमध्ये १२७ शाखा अधिकृतका पदहरु छन् । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ भर्ना भएका अधिकृतलाई स्थानीय तहमा पठाउन प्राथमिकता दिएको छ । […]

एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानमाथि सानदार जित निकालेको छ। शनिबार हिमाचल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियममा बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सानदार जित निकालेको हो। अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशल ९२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो।   जितमा बंगलादेशक नजमुल हुसैन सान्तोले ५९ रन बनाए। उनले ७३ बलमा ३ चौका र १ छक्का […]