नेपालगन्ज : बाँकेमा दुई जना युवामाथी धारिलो हतियार प्रहार भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा आएका ब्यक्तिले शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् ।
बिज्ञापन
धारिलो हतियार प्रहारबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) तुलबहादुर कार्कीले घटनामा दुबै जना गम्भिर घाइते भएको र उनीहरुको भारतको लखनउमा उपचार भइरहेको जानकारी दिए । घाइतेमध्ये बिष्टको दुबै हातको कुममा र मल्लको बायाँ कोखामा गहिरो चोट रहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । घाइते हुने दुबै जना नेपाली कांग्रेस निकट तरुण दलमा आवद्ध रहेको बताइएको छ । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेका अनुसार करिव १०/१५ जनाको संख्यामा आक्रमण गर्न आएका थिए ।
उक्त घटनाको नेपाल तरुण दल बाँकेले भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ । तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालले विज्ञप्ती जारी गर्दै घटनापछि जिल्लाको शान्ति सुरक्षामा खलल भएको र प्रहरीको सक्रियतामा समेत प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका छन्
बिज्ञापन
। घटनामा संलग्नलाई चाडो भन्दा चाडो कारबाही गर्नुपर्ने, अन्यथा आन्दोलनमा जान बाध्य हुने तरुण दल बाँकेले विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
साथै युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओली यो घटनामा न भयको दाबी गर्दै। दोषी लाई कार्भाइ होस्स निर्दोष नफसुन भनेर विज्ञप्ती मार्फत चेतावनी दिएको छ । 

सारै दुःखद घटना। घटना मा घाइते भएका युवाहरु को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछम। घटनामा निर्दोष नफसुन र दोषी नछुटुन ।नेपालगन्ज जिल्ला प्रहरी बाँकेको पूरा अनुसन्धान पछिको बास्तबिक report को पर्तिछामा छम धन्यवाद ।








