जन्मदिनका अवसरमा समाजसेवी अजीज मलिकद्वारा मृतक इर्साद राईको परिवारलाई सहयोग प्रदान

 

बिज्ञापन

नेपालगञ्ज । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन्।

बिज्ञापन

आज श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल र बच्चाले लगाउने डाईपर रहेको छ।साथै ग्यास सिलिण्डर तथा एउटा चुलो पनि सहयोग गरेका छन्।

बिज्ञापन

समाजसेवी अजीजले सबैसँग बढी भन्दा बढी मृतक राईको परिवारलाई सहयोग पुर्याउन हार्दिक अनुरोध समेत गरेका छन्।मृतक राईको श्रीमति र ४ छोरी रहेका छन् भने ३ दिन अगाडि मात्र अर्को छोरी को जन्म भएको मृतक परिवारले जनाए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का इर्साद राईको गत २८ असारमा नेपालगन्ज टाग स्टेन्ड नजिक खुकुरी प्रहार गरी हत्या गरिएको थियो।
समाजसेवी अजीजले सधै सामाजिक काममा गरीब दुखीलाई सहयोग गर्ने गरेको छ्न बिरामी मान्छे लाई रगत औसधि हस्पिटल मा बिरामी लाई फलफुल आदि विभिन्न किसीमको अर्थिक सहयोग गर्ने गरेको पाएको छ

आफ्नो जन्मदिनको अवसरमा आफू अजीज मलिकले भारतमा परीक्षा दिन गरेको बेला पनि साथीहरु को हातबाट मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । राईको परिवार द्वारा मलिकलाई आशीर्वाद तथा पर्गती को शुभकामना समेत दिएका छ्न ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु