नेपालगञ्जकाे टांगा स्टेन्ड नजिकै खुकुरी प्रहार गरेर हत्या, पीडित पक्ष आन्दोलित

बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन ।

बिज्ञापन

गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ ।

बिज्ञापन

दुई समुह बीचको विवाद मिलाउन गएका कबडिया माथि धारिलो हतियार प्रहार पछि गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । भेरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी गराए ।

उनका अनुसार शुक्रबार मुस्लिम समुदायको र्‍यालीको क्रममा उक्त घटना घटेको र पीडक सोही र्‍यालीको भिडभाडको फाईदा उठाएर भागेको थियो ।

बिज्ञापन

उनले भने, ‘बजार क्षेत्रमा र्‍यालीको प्रभावले भिडभाड थियो । घटना घटाउने व्यक्तिलाई समात्न खोज्दा भिडमा पसेको थियो ।’

प्रहरी प्रवक्ता डाँगीले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धान अनु्सार आगूऔषध दुव्र्यसनकर्ता बीच झगडा थियो । त्यो छुट्याउने क्रममा घटना घटेको खुल्न आएको हो । त्यस घटनामा सम्बद्ध मान्छेहरु, जो संग झगडा भएको थियो र झगडाको अर्को पक्ष हाम्रै नियन्त्रणमा छ ।’
उनले यस घटनालाई गम्भिर रुपमा अनुसन्धान गरिरहेको बताए । उनले प्रत्यक्षदर्शी समेत प्रहरीकै नियन्त्रणमा रहेको जानकारी गराए ।

उक्त समूले प्रयोग गरेको मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ । पारिवारिक श्रोत अनुसार से७प४२५३ नम्बरको मोटरसाईकल बरामद भएको हो ।

अर्को तर्फ प्रहरीले हत्यारालाई नियन्त्रणमा लिन नसेको बताउदै पीडित पक्षले टांगा स्टेन्ड, त्रिभुवन चोक, विपि चोक क्षेत्रमा आन्दोलित थिए । हत्यारालाई कार्वाहीको माग गर्दै उनीहरुले बजार क्षेत्र तनावग्रस्त बनाएका थिए । सडकमा टायर बालेर प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै चक्काजाम समेत गरेका थिए ।

यस्तै, डुडुवा गाँउपालिका स्थित राप्ती नदीको पुल छेउमा गएराति करिब १० बजेको समयमा रियाजुद्दिन खाँ माथि धारिलो हतियार प्रहार भएको छ ।

ग्रभलको स्टक हेरेर फर्किने बेला उनी माथि ज्यानमारा शैलीमा धारिलो हतियार प्रहार गरिएको उनले जानकारी गराए । उनले मिडिया समक्ष दिएको बयान अनुसार १० जनाको नाम खुलाएका छन ।

उनले बयानमा भने, ‘म संग मेरो फुपुको छोरा पनि थिए । उनी पिसाब फेर्न गएको बेलामा १० जनाको समुहले म माथि आक्रमण गर्दा उनी सहयोग माग्न नजिकैको क्रेसरमा गएका थिए ।’

उनले भने, ‘खोलाको विषयमा उनीहरु संग पहिल्यै धाकधम्की देखाएको मार्दिन्छु भनेर । त्यति बेला खासै केही भएको थिएन । ठेक्का पट्टाकै विषयमा यी व्यक्तिहरुले धाकधम्की देखाएका थिए । अन्य रिसिवी भने केही थिएन ।’

भेरी अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डाँगी अनुसार पीडित पक्षले उल्लेख गरेको नाम मध्ये एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको छ ।
उनले नाईल खबरलाई जानकारी गराउदै भने, ‘हामीलाई पीडितले उल्लेख गरेको नाम मध्ये भेरिफाई गरी रहेका छौं । अनुसन्धान कै क्रममा छ ।’

यता पीडित रियाजुद्दिन खाँ पक्षकाले पनि डुडुवा गाँउपालिका स्थित मिलनचोकमा नारावादी सहित प्रहरीलाई मुद्दा दर्ताका लागि दबाब सृजना गरीरहेका थिए । उनीहरु चर्को रुपमा प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालयमा तत्काल मुद्दा दर्ता गर्नुपर्ने माग गरीरहेका थिए ।

ईलाका प्रहरी कार्यालय बन्कटट्ी, कम्दिका ईन्र्चाज तेज बहादुर रानाका अनुसार पीडित पक्षले प्रहरी संग समन्वय नै नगरेको र जाहेरी प्रहरी समक्ष नलगेको जानकारी गराए । उनले घटना लगत्तै प्रहरी घटनास्थलमा पुग्दा स्थानीयहरुले एम्बुलेन्सबाट उपचारका लागि नेपालगञ्ज पठाईसकेको जानकारी गराए ।

यस्तै, असार २६ गते डुडुवाको कम्दी स्थित मिलन चोकमा साँझ २७ वर्षीया मोहन प्रसाद यादव माथि पनि निर्घात कुटटि गरेका थिए ।
नेपालगञ्जको गणेशमानचोक नजिकै रहेको न्यूरो अस्पतालमा उपचाररत उनको अवस्था यति बेला सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रहरीलाई टिप्परको बारेमा सूचना दिएको विषयमा विवादका कारण उनी माथि कुटपिट भएको बुझिएको छ । न्यूरो अस्पतालमा उपचाररत उनी संग थप जानकारी लिन खोज्दा स्वास्थ्य अवस्थाका कारण केही बोल्न सकेनन् ।

प्रहरी प्रवक्ता डाँगीले यादवको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउदै भने, ‘उनको पूरानो घाउ पनि थियो । नयाँ घाउ पनि थपिएको छ । डक्टर अनुसार उनको अवस्था सामान्य छ । हामीले यो घटनाका दोषीलाई पनि खोजी गरीरहेका छौं ।’

पीडित पक्षले जाहेरी समेत जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता गरीसकेको डाँगीले बताए ।

प्रहरी प्रवक्ता डाँगीले सत्यतथ्य परक गरेर दोषी माथि कार्वाही हुने बताएका छन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु