बिज्ञापन
नेपालगन्जबाट अन्तरदेशीय लागू औषध तस्कर पक्राउ — २६६ ग्राम खैरो हेरोइन बरामद, भाग्दा गोली प्रहार
नेपालगन्ज / बर्दिया।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाको निर्देशनमा, नेपालगन्ज शाखा प्रमुख असइ नवीनकुमार शाहीको नेतृत्वमा खटिएको विशेष टोलीले ठूलो सफलता हासिल गरेको छ।
आज २०८२/०९/२३ गते राति १७:४५ बजे, भारतको उत्तर प्रदेश, बहराईच जमील, लौकाही निवासी ३३ वर्षीय फिरोज खानलाई बर्दिया गुलरिया नगरपालिका–११, लालपुर नजिक पक्राउ गर्न खोज्दा निज भाग्न खोजेपछि सुरक्षाकर्मीले २ राउण्ड गोली प्रहार गरेका थिए। यसमध्ये १ राउण्ड गोली निजको दाहिने खुट्टामा लागेको थियो।
कानुन बमोजिम खानतलासी गर्दा निजको पाइन्टको दाहिने खल्तीभित्र लुकाइएको खैरो हेरोइन फेला परेको छ। प्लास्टिकसहित २८३ ग्राम, प्लास्टिक हटाई शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम बरामद गरिएको छ। साथै मोबाइल फोन ३ थान समेत कब्जामा लिइएको छ।
अभियुक्तलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ।
सुरक्षा निकायले यस घटनालाई नेपाल–भारत सीमामा सञ्चालन भइरहेको लागू औषध तस्करीमाथि कडा कारबाहीको सन्देश भन्दै नेटवर्कको सम्पूर्ण लिङ्क पत्ता लगाउने अभियान तीव्र बनाउने बताउनु भयको छ।








