बाँके, नेपालगञ्ज
जनताको आवाजलाई संस्थागत रूप दिन संघर्षरत जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक मुस्लिम तर्फ बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट युवा नेतृत्वलाई निर्णायक रूपमा अघि सारेको छ।
जसपा नेपाल जिल्ला समिति बाँकेको सर्वसम्मत निर्णयमार्फत अब्दुल अजिज हल्वाईलाई पहिलो नम्बर (१ नम्बर) प्राथमिकतासहित केन्द्रीय नेतृत्वमा सिफारिस गरिएको हो।
बिज्ञापन
पार्टीका अनुसार हल्वाई कुनै कागजी नेता होइनन्, जनताको दुःख, पीडा र सपना बोकेर मैदानमै खटिने संघर्षशील युवा प्रतिनिधि हुन्। निरन्तर जनसम्पर्क, सामाजिक उत्तरदायित्व र परिणाममुखी सक्रियताकै कारण उनलाई शीर्ष प्राथमिकतामा राखिएको पार्टी स्रोतले जनाएको छ।
बिज्ञापन
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी हल्वाई राजनीतिशास्त्र तथा कानुनका विद्यार्थी हुन्। उनी कर सहयोगी श्रमिक संगठन, नेपालका सदस्य, मानवता नेपाल बाँकेका कोषाध्यक्ष लगायत विभिन्न गैरनाफामूलक संघ–संस्थामा आबद्ध रहँदै समाजसेवा, युवा संगठन निर्माण, खेलकुद अभियान र नागरिक सचेतनामा लामो समयदेखि सक्रिय छन्।
युवामाझ बलियो पकड, निरन्तर उपस्थिती र काम गरेर देखाउने शैली नै उनलाई १ नम्बर सिफारिससम्म पुर्याउने मुख्य आधार बनेको छ।
पार्टीभित्र पुराना ढर्रा तोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस तीव्र भइरहेका बेला, हल्वाईको १ नम्बर सिफारिसलाई बाँके–२ मा पुस्तान्तरण, आशा र राजनीतिक पुनर्जागरणको स्पष्ट संकेतका रूपमा हेरिएको छ।
बेरोजगारी, शिक्षा, खेलकुद, सामाजिक न्याय र सुशासनका सवालमा उनी स्पष्ट, निर्भीक र युवाको मन बुझ्ने नेताका रूपमा चिनिन्छन्।
बिज्ञापन
स्थानीय युवाका लागि रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र खेलकुद पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाउँदै आएका हल्वाई भन्छन्,
“अब संसदमा भाषण होइन, पीडाबाट जन्मिएको आवाज चाहिन्छ। अब युवाको आवाज निर्णायक हुनैपर्छ।”
जसपा नेपालले बाँके–२ मा जनमुखी, संघर्षशील र युवाको भरोसामा उभिएको नेतृत्व अपरिहार्य रहेको निष्कर्षसहित हल्वाईको नाम १ नम्बरमा सिफारिस गरी केन्द्रीय नेतृत्वमा पठाएको जनाएको छ।
अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय निर्णयपछि लाग्ने भए पनि, हल्वाईको सिफारिससँगै बाँके–२ को राजनीतिक तापक्रम मात्र होइन, युवाको आशा पनि उल्लेखनीय रूपमा बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
जहाँ अवसर कम छन्, त्यहाँ आशा बोकेर उभिने नेता नै भविष्य हुन्छ।
अब्दुल अजिज हल्वाई — संघर्षबाट उठेको नाम, परिवर्तनको विश्वास।








