कला सांस्कृतिकको संरक्षण गरौं: माघी मेला तथा सांस्कृतिक कार्यक्रम २०८१/९/२९ गतेदेखि माघ 3 गते सम्म राजु खान सरको आर्थिक सहयोग
बिज्ञापन
ठाकुरद्वारा, बर्दिया – आउँदो माघ २०८१ म
ठाकुरद्वारा, बर्दियामा आयोजना हुने माघी मेला तथा सांस्कृतिक कार्यक्रमका लागि तयारी तीव्र रूपमा भइरहेको छ। यो मेला आरकेबी नृत्य अभिनय कला केन्द्रद्वारा प्रस्तुत गरिने भएको छ।
बिज्ञापन
कार्यक्रमको सफलताका लागि राजु खान सरले रु. ५०,००० आर्थिक सहयोग प्रदान गर्नुभएको छ। मेलाका आयोजक संस्था आरकेबी नृत्य अभिनय कला केन्द्रका अध्यक्ष राजकुमार बैश्यले यो जानकारी दिएका छन्। उनले राजु खान सरको योगदानले कार्यक्रमको व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको र यसले स्थानीय कला र संस्कृति प्रवर्द्धनमा प्रेरणा दिने बताए।
यस सहयोगका लागि राजु खान सरलाई माघी मेलाको उद्घाटन समारोहमा विशेष सम्मान गरिने आयोजकले बताएका छन्। मेला स्थानीय कलाकारहरूको कला प्रदर्शनका साथै सांस्कृतिक विविधताको प्रदर्शन गर्ने थलो हुने विश्वास गरिएको छ।
बिज्ञापन
आयोजकले सम्पूर्ण स्थानीय समुदायलाई यस मेलामा सहभागी भई कला र संस्कृतिको संरक्षणमा सहयोग गर्न अपिल गरेका छन्।








