डीएसपी निशान श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ ।

काठमाडौं । प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ । लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ ।

बिज्ञापन

२२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ । उनका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् । जिल्लाका विभिन्न स्थानबाट यी हतियार बरामद गरिएको श्रीवास्तवले जानकारी दिए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु