धवल को काम र चर्चा देखेर डराय राजेन्द्र लिङृदेन

प्रमुख नेतृत्वमा नैतिकता र मानवीय समवेदना बिना नै प्रजातान्त्रिक नव-नवीनवादको अर्थ के?

बिज्ञापन

महोदय,
पार्टीको व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशक यता मात्रै पार्टीमा आइपरेका राजनीतिक दुर्घटनाले बेलाबखतमा छताछुल्ल भईसकेका छन्।
पार्टीमा विविधतायुक्त नवीन ब्यवस्था जस्ता कार्य थालनी बिना, तीव्रगतिले लिने स्वनिर्णय आदिले आगामी दिनमा संगठनात्मक विपत्ति थपिने निश्चित छ।
छेपारोको आहान झैं गर्ने निर्णय, जस्तै- कार्य सम्पादन समितिको बैठक बिना नै सहमति र निर्णयको आधारहरु तयार पार्ने, कुन तहबाट त्यहाँका निर्णयहरु स्वीकृत गरिन्छ त्यो पनि थाहा नहुने जस्ता परिपाटी तथा प्रत्येक पटक भन्ने एउटा तर गर्ने अर्को अनि सत्तापक्ष सरकार संग सत्तापदका लागी हातथाप्ने, तत्पश्चात आरोपप्रत्यारोप गर्ने, क्षणिक स्टन्टवाजी गर्ने र सांगठनिक कार्यकर्तालाई अन्योल र अलपत्र पार्ने, मनोबल गिराउने जस्ता असम्वेदनशील निर्णय वा अवस्थास्थितिलाई मध्यनजर गर्दै सचेत बनौं।
अहिलेको केन्द्रिय कार्यसमिति अन्तर्गत रहेका कमजोर, लापरबाह र सांगठनिक ढांचालाई अव्यवस्थित पार्ने निर्णायक निकायलाई पार्टीका सचेतक, प्रमुख मार्फत बलियो, अधिकार सम्पन्न र स्वायत्त स्वचलित तन्त्रमा रूपान्तरण गरेर संघ, प्रदेश र स्थानीय तहसम्म अव्यवस्थित गराउने कुत्सित कार्यको सुरुआत नगरौ। नवीन सोचका साथ पार्टीको बलियो संरचना निर्माणका साथै नवीन प्रजातान्त्रिक अथवा नैतिक ढंगले अघि बढ्ने संकल्प एवं बिचार र संस्कारको विकास गरौं। -जय रास्ट्रवाद, जय सनातन।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु