सिटिजन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ ।
नेपालगन्ज शाखा कार्यलयले एक कार्यक्रमका बीच घातक रोगबापतको २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।
करिब ३ बर्श अघि मात्र सिटिजन लाइफको खजुरा शाखाबाट बिमा गर्नुभयकि बिमित दाना कुमारी बुढा छेत्री जो गृहिणी काम गर्दै आइरहनुभयको छ। उहाँले ३ किस्ताको प्रिमियम मात्र बुझाउनु भयकोथिए । मुटुमा समस्या आयर उहाँ, काठमाडौंको मनमोहन काडियो जाँदा उहाँलाई घातक रोग भएको पृष्टी भएको थियो । उहाँले बिमाको दाबी बापत आफ्नो सम्पुर्ण कागज त्यस कार्यलयमा बुझायको मात्र ८ दिनमा उहाँको दाबी बापत कर र अहिलेको किस्ता बापत तिर्नु पर्ने रकम कट्टा गरि १७ लाख ५३ हजार ५११ रुपैयाँको चेक कम्पनीका प्रमुज बजार अधिकृत(सिबिवो) श्री ध्वज बहादुर खड्का ज्यु र नेपालगन्ज शाखा अधिकृत श्री विशाल भट्टराई ज्यु द्वारा हस्तान्तरण गरियको छ ।
दाबी भुक्तानी सम्बन्धी कार्यक्रममा कम्पनीका कर्मचारी, नेपालगन्ज शाखा प्रमुख बिशाल भट्टराई सहित एजेन्टहरू र बिमितको गाउँ समाजको बाक्लो सहभागिता रहेको थियो । भुक्तानी कार्यक्रममा बोल्दै बीमित बुढाले बीमा जोखिम कम गर्ने ठुलो भूमिका खेल्ने बताईन । उनिले बीमा भुक्तानी निधन पछि मात्र आउँछन् भन्ने भ्रमबाट हट्नु पर्ने उनको भनाइ रहेको थियो । उनले भने, ‘बीमा हाम्रो सुख दुःखको साथी हो । मानिसको जीवन कति बेला के हुन्छ थाहा हुँदैन । भविष्यमा आउने जोखिमलाई कम गर्नेका लागि बीमा अति आवश्यक कुरा हो ।
बीमा भविष्यको सारथि रहेको सुनेको मात्र थिय तर आज सो कुरा सत्य भयको आज आयर बिश्वास लागेको बताईन । सिटिजनमा समयमै दाबी भुक्तानी पाउँदा खुसी लागेको छ’ उनले थपे ।
नेपालगन्ज शाखाका प्रमुख विशाल भट्टराईले बीमितलाई दाबी भुक्तानी गर्ने पाउँदा खुसी लागेको बताए । उनले भने, ‘बीमा गरेपछि दाबी भुक्तानी दिनु कम्पनीको दायित्व हो । आज घातक रोगबापतको बीमा दाबी भुक्तानी गर्ने पाउँदा खुसी लागेको छ । र, बीमितलाई घातक रोग लागेकोमा हामी दुखी पनि छौ’ र हामी सबै उहाँको शृघ्र स्वस्थ लाभको कामना गर्दछौं । बिमा सम्बन्धी जनस्तरमा जनचेतना फैलाउनु पर्छ । बीमाले जोखिम बहन त गर्छ गर्छ तर बीमा बचत पनि हो ।’
सिबिवो खडका बीमा कम्पनी जोखिम हुँदा सारथि बन्न सकौँ भन्ने उद्देश्यले काम गरी रहेको बताए । बीमितलाइ जोखिम परेको बेला सिटिजनलाई सारथि बन्छ यसमा ढुक्क हुन सिबिवो खड्काले आग्रह गरे । उनले भने, ‘बीमितलाई परेको बेला सिटिजन लाइफ सहयोगी बन्छ । दाबी आइसकेपछि हामी छिटो भन्दा छिटो भुक्तानी गर्ने तिर हामी अग्रसर छौ । कुनै झन्झट बीना सिटिजन लाइफले दाबी भुक्तानी गर्छन् । यो समयमा क्यान्सर, मिर्गौला फेलका दाबी धेरै आइरहेका छन् । सहज र सरल रूपमा हामीले भुक्तानी दिन्छौँ ।’बीमाको बारे अझै दुरदराजसम्म बीमाको जनचेतना फैलाउनु आवश्यक रहेको छ । सिटिजन बीमितको दुख र सुखको साथी हो’ ध्वज बाहादुर खड्का ज्युले भन्नुभयको छ।

बिज्ञापन
module:1facing:0; ?hw-remosaic: 0; ?touch: (-1.0, -1.0); ?modeInfo: ; ?sceneMode: Night; ?cct_value: 0; ?AI_Scene: (-1, -1); ?aec_lux: 0.0; ?hist255: 0.0; ?hist252~255: 0.0; ?hist0~15: 0.0; ?module:1facing:0;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Night;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 0.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु